२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले गराए पाँचबुँदे ध्यानाकर्षण


प्रचण्ड र देउवा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच मंगलबार बिहान बालुवाटारमा भेटघाट भएको छ । उक्त भेटघाटमा प्रचण्डले प्रधानमन्त्रीसँग पाँचबुँदे ध्यानाकर्षण गराएका छन् ।

प्रचण्डको सचिवालय अनुसार प्रचण्डले प्रधानमन्त्री देउवालाई सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न आग्रह गरेका हुन् ।

सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिका लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरूलाई सूचीकृत गर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !