२२ बैशाख २०८१, शनिबार

एमालेको पोलिट्व्यूरो कमिटीको बैठक शुरु


एमालेको पोलिट्व्यूरो कमिटीको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक शुरु भएको छ । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा केही समयअघि बैठक शुरु भएको हो ।

एमाले पोलिट्ब्युरोको प्रथम बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रारम्भ भएको हो । बैठकमा समसामयिक परिस्थितिका साथै आसन्न निर्वाचनमा केन्द्रित रहेर छलफल गर्ने कार्यसूची रहेको छ ।

एमालेको पोलिट्व्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य रहेका छन् । यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक ९ र १० चैतमा बस्नेछ भने १३ गते स्थायी कमिटी बैठक बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !