२३ बैशाख २०८१, आइतबार

ओली सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने पक्का : बाँस्कोटा


गोकुल बास्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका नेता गोकुल बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताएका छन् ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार सफल भएजस्तो देखिएको बताएका छन् ।

उनले लेखेका छन् “एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्छ । त्यो हो –स्वतन्त्र न्यायपालिकाको अन्त्य जसको प्रयोग संवैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !