२२ बैशाख २०८१, शनिबार

आगामी चुनावबाट माओवादी पहिलो शक्ति पार्टी बन्ने प्रचण्डको दावी


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ०४६ मा शान्ति सम्झौता गरेर आउँदा पनि कसैले पनि माओवादीले चुनाव जित्न भन्न सकेको स्थिति नरहेको बताए ।

आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । “अहिले ०७४ सम्म आइपुग्दा र अब निर्वाचनमा जाँदै गर्दा सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेका छौँ ।”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !