७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड भन्छन्- हामीलाई आत्मसमर्पण भन्दा मृत्यु स्वीकार्य छ


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमर्पणभन्दा मृत्यु आफुहरुलाई स्वीकार्य भएको बताएका छन् । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा समेत ‘जनयुद्ध’को बेला जस्तै योजनाबद्ध तयारीका साथ लडाइँमा उत्रिनुपर्ने बताए ।

आज एक कार्यक्रममा बोल्दै उनले भने, ” हामी विगतमा आत्मसमर्पणको अवस्थामा हिजो पनि थिएनौं र आज पनि छनौं ।आत्मसमर्पणभन्दा मृत्यु हामीलाई स्वीकार्य छ।”

उनले निर्वाचनमा एक भएर जाँदा राम्रो परिणाम ल्याउन सकिने बताए । प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई पद्धति अनुरूप हल गर्नुपर्ने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !