१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष प्रचण्डद्वारा होली पर्वको शुभकामना व्यक्त


प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागु/होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सुभकामना दिएका छन्। उनले लेखेका छन्, “पहाडी क्षेत्रमा आज र तराई /मधेशमा भोलि मनाउन गइरहेको फागु / होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !