१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले नुवाकोटमा दिएको अभिव्यक्ति झुठा र उदण्डतापूर्ण : रावल


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको बताएका छन् ।

नेता रावलले भनेका छन्, “सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।”

नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाबारे रावलले दुई जिभ्रे कुरा गरेको बताएपछि उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु