२२ बैशाख २०८१, शनिबार

रंगेली नगरपालिकाका मेयर र उपमेयर एमाले प्रवेश


दिलिप बगडिया

विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका नगरप्रमुख दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बगडियालाई पार्टीमा स्वागत गरेका हुन् । मेयर र उपमेयरसहित केही वडाध्यक्ष पनि प्रवेश गरेको एमाले नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !