२१ बैशाख २०८१, शुक्रबार

ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम छ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताएका छन् ।

अध्यक्ष नेपालले भने, “कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौं भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ ।”

अध्यक्ष नेपालले यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेर काँग्रेससँग मिल्ने योजनामा लागेका ओली सफल नभएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !