२१ बैशाख २०८१, शुक्रबार

गठबन्धन दल र एमालेको चित्त दुख्ने गरी नबोल्न नेताहरूलाई देउवाको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने गरी कुरा नगर्न निर्देशन दिएका छन् । आज पार्टी कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधि खटाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !