२१ बैशाख २०८१, शुक्रबार

परराष्ट्रमन्त्री मंगलबार टर्की जादै


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन मंगलबार टर्की जाने भएका छन् ।

सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले टर्कीको विदेश मन्त्रालयले आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन त्यसतर्फ जान लागेको बताए ।

टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने मन्त्री खड्काले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !