२० बैशाख २०८१, बिहिबार

राप्रपा अध्यक्ष लिङ्देनद्वारा रेखा थापासहित १४ जना केन्द्रीय सदस्यमा मनोनित


रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नायिका रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिजो मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको जानकारी दिएका हुन् ।

केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा रहेका छन् ।

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार दिउँसाे १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएकाे छ । आज बस्न लागेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !