२० बैशाख २०८१, बिहिबार

विगतमा गरिएको महाकाली सन्धि ठिक थियो : केपी ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरिएको महाकाली सन्धि ठिक भएको दावी गरेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता प्रतिनिधिसभावाट अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष ओलीले महाकाली सन्धि ठिक भएको जिकिर गरेका हुन् ।

आज २५ वर्ष पहिला संसद्‌बाट दुई तिहाई मतले पारित गरिएको महाकाली सन्धिले परिकल्पना गरेका योजना र देखाइएका सपनाहरू भारतले इमानदारितापूर्वक कार्यान्वयन र पालना नगर्दा एक कदम पनि अघि बढ्न सकेनन् । नेपालका नेताहरूले महाकाली सन्धि पारित भएपछि नेपाललाई वर्षको १ खर्ब २० अर्ब रुपैयाँ प्राप्त हुने सपना देखाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !