२१ बैशाख २०८१, शुक्रबार

एमसीसी सम्झौताबारे निर्णय गर्न जसपाको बैठक आज पनि बस्दै


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा आधिकारिक निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक आज बस्दै छ ।

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा हिजो शुरु भएको बैठकमा एमसीसीदेखि स्थानीय चुनावको तयारीबारे हिजो छलफल भएको थियो भने एमसीसीको बारेमा निर्णय गर्न आज पुन: बस्ने भएको हो । आज बस्ने बैठकमा सदस्यहरुले आ-आफ्ना धारणा राखेपछि उक्त पार्टीले आधिकारिक धारणा तय गर्ने भएको हो ।

एमसीसी लगायतका कारण जसपाभित्र तीव्र विवाद छ । अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सहमति भएमा मात्र एमसीसी संसदवाट अनुमोदन गर्नुपर्ने अडानमा छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई एमसीसी जसरी पनि पास गर्नुपर्ने भन्दै आएका छन् ।

एमसीसीको विवादले पार्टी विभाजनको दिशातिर उन्मुख भई रहेको अनुमान गरिएको छ । बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !