२६ बैशाख २०८१, बुधबार

ओलीको गृहमन्त्रीलाई प्रश्न- सत्तापक्षवाटै प्रहरी किन कुटिए ?


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी किन कुटिए ? भनेर गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गरेका छन् । अध्यक्ष ओलीले आज सोमबार कालु पाण्डेको समाधिस्थलमा आयोजित कवि गोष्ठी कार्यक्रममा आइतबार गृहमन्त्रीसँग भएको टेलिफोन संवादबारे खुलाउँदै यस्तो प्रश्न गरेको बताएका हुन् ।

ओलीले गृहमन्त्री खाणलाई प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको भन्दै आफूले प्रश्न गरेको बताए । एमसीसीको विरोधमा सत्ता पक्षकै कार्यकर्ताबाट प्रहरी कुटिएकोमा प्रश्न गरेका छन् ।

सत्तामा बस्ने अनि सडक भत्काउने र प्रहरी कुट्ने गतिविधि हुँदा समेत सरकार निरिह देखिएको ओलीले बताए । उनले आफूले गृहमन्त्रीलाई प्रहरी किन कुटिए भनेर प्रश्न गरेको बताए । ओलीले सरकारमा बसेर क्रान्तिकारी देखाउन खोज्ने र दोहोरो चरित्र देखाएर सडक भत्काउने गतिविधि गरेको भन्दै माओवादीको आलोचना समेत गरे ।

एमसीसीको विरोधमा केही व्यक्ति सडकमा देखिएको र ध्वंसात्मक गतिविधि गरेको ओलीको टिप्पणी थियो । सरकारमा भएका दलहरुले एमसीसी पास गरेर षड्यन्त्र गर्ने गतिविधि गरिरहेको आरोप लगाए । उनले प्रहरीमाथि ढुंगा प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !