२१ बैशाख २०८१, शुक्रबार

प्रमुख प्रतिपक्ष दल एमालेले आज पनि संसद अवरोध जारी राख्ने


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राख्ने नेपालपत्रलाई बताए ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको छ । यसका साथै एमालेले सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित हुँदै आएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेवुल गर्न सहमति भएको थियो । सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने लगायत कार्यसूची तय गर्ने बुझिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !