१४ बैशाख २०८१, शुक्रबार

पानीमुनि गएपनि यो गठबन्धनलाई ठेगान लगाइन्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई पानीमुनि गएपनि ठेगान लगाइने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने धम्की दिएका हुन् ।

उनले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि स्वार्थी गठबन्धनको १ वर्ष बढीमा नटिक्ने भएकोले यो सरकारको आयु १ वर्ष मात्र भएको बताएका हुन् ।

ओलीले भने, ‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ,’ उनले भने, ‘बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।’

रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले नेपालमा यति धेरै मन्थरा र सकुनीहरु भएकोले उनीहरुले एमालेविरुद्ध षड्यन्त्र गरिरहेका आरोप समेत लगाए । गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे ।

ओलीले गठबन्धन टिक्न नसक्ने बताउदै चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने बताएका हुन् । ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने ओलीको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !