२० बैशाख २०८१, बिहिबार

काँग्रेसका ५ नेता माओवादी केन्द्रमा प्रवेश


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस निकट तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी नारायण यादवसहित नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार लक्ष्मीनारयणसहित उदयपुर सिमेन्ट कारखानका पुर्वजीएम नवलकिशोर शाह,काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादवलाई पार्टी प्रवेश गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !