१४ बैशाख २०८१, शुक्रबार

पाँच वर्षपछि हामी घर फर्केका छौँ : कमल थापा


कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु पाँच वर्षपछि हामी घर फर्केको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि पार्टीबाट राजीनामा दिएका थापाले देशभरिबाट साथीहरूले राप्रपा नेपाललाई पुनर्गठन गरौँ भन्ने सुझाव आएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले पार्टी त्यागेपछि राप्रपा नेपाल दर्ता गरेर राख्नुभएका ल्हाक्पाजीले तपाईंको नासो लिनुस् भन्ने भावनात्मक ढंगबाट आग्रह गर्नुभयो,’ …. ‘देशभरिबाट साथीहरूले पनि राप्रपा नेपाललाई पुनर्गठन गरौँ भन्ने सुझाव आयो । पाँच वर्षपछि हामी घर फर्केका छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !