२३ बैशाख २०८१, आइतबार

संसदमा एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय


कांग्रेस संसदीय दलको बैठक नयाँ वानेश्वर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज बसेको कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

काँग्रेस संसदीय दलको बैठकले भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकमा बोल्दै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोरो चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !