२२ बैशाख २०८१, शनिबार

एमालेका नेताहरू माधव नेपालको पार्टीमा प्रवेश


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । एमाले मधेश प्रदेश कमिटीका सदस्य नरबहादुर स्याङ्तान नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेललाई ध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन नसकेपछि विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !