२१ बैशाख २०८१, शुक्रबार

आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न नगर्न एमालेलाई नेपालको चेतावनी


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलाई देशको हितमा कुठाराघात नहुने गरी अघि बढाउन चाहेको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसिसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस विषयमा फैलिएका आशंकाहरू बुझ्न चाहिरहेको बताए । “एमसीसी सहयोगको विषय भए पनि नेपाली समाजमा निकै ठूलो बहस र विवादको विषय बनेको छ । यो विषयबारे हामी अझै पनि छलफल चलाइरहेका छौं ।”

अध्यक्ष नेपालले आफ्नो पार्टीको वैधानिकताबारे पनि प्रश्न उठाए सह्य नहुने बताएका छन् । एमालेले एकीकृत समाजवादीको वैधानिकतामा प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन छ । नेपालले आफ्नो पार्टीले कानुनी रूपमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने आधारहरू बनेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !