१३ बैशाख २०८१, बिहिबार

देश असफल राष्ट्र हुन लागेको संकेत गर्दै रवीन्द्र मिश्रद्वारा गम्भीर चिन्ता व्यक्त


रबिन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश असफल राष्ट्र हुन लागेको भन्दा चिन्ता व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष मिश्रले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

उनले देशको सिमानामा नियन्त्रण नभएको, देशको स्वाधिनतामा नियन्त्रण नभएको, विदेशीहरूले कहिले दक्षिण, कहिले उत्तर, कहिले पश्चिमबाट प्रहार गर्ने गरेको भन्दै देश गम्भीर संकट उन्मुख भएको संकेत गरेका हुन् ।

उनले देश हाँक्ने संस्थाहरूको विश्वसनीयता नभएको, देशमा सुशासन नभएको, देशमा सेवा प्रवाह नभएको, देशमा चरम भ्रष्टाचार ब्याप्त भएको, समाज दिनानुदिन अशास्य भएर गएको भन्दै के देश साँच्चिकै असफल राष्ट्र हुन लागेको हो, अब अरू के, के हुनु पर्ने हो ? भनेर चिन्ता व्यक्त गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

यसअघि पनि मिश्रले देशको बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र भूतपूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेकोमा आपत्ति व्यक्त गरेका थिए । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएपछि मिश्रको यस्तो प्रतिक्रिया बाहिर आएको थियो ।

मिश्रले यी सवै प्रसंगलाई जोडेर यस्ता देशलाई धोका दिने नेताहरुको पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिएकोमा पनि आपत्ति जनाएका हुन् । यस्ता अनेक घटनाक्रमलाई हेर्दा बुझे हुन्छ देश गम्भीर संकट उन्मुख भनेर उनले संकेत गरेका थिए ।

उनले लेखेका छन्, ‘देशको सिमानामा नियन्त्रण छैन; देशको स्वाधिनतामा नियन्त्रण छैन; विदेशीहरू कहिले दक्षिण, कहिले उत्तर, कहिले पश्चिमबाट प्रहार गर्छन्; देश हाँक्ने संस्थाहरूको विश्वसनीयता छैन; सुशासन छैन; सेवा प्रवाह छैन; चरम भ्रष्टाचार छ; समाज दिनानुदिन अशास्य (unruly) भएर गएको छ। देश साँच्चिकै असफल राष्ट्र (failed state) हुन अब अरू के, के हुनु पर्ने हो?’

यो पनि पढ्नुहोस्

देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !