२० बैशाख २०८१, बिहिबार

पार्टीभित्र कसैको असन्तुष्टि छैन, कमल थापासँग छलफल भइसक्यो : अध्यक्ष लिङदेन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् ।

आइतबार पार्टीका २४ जना मनोनीत पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै उनले निवर्तमान अध्यक्ष कमल थापासँग धेरै विषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केही विषयलाई चाँडै टुंगोमा पुर्‍याइने उल्लेख गरे ।

राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नबनाउने भन्दै उनले चाँडै सकारात्मक सन्देश प्रभाव गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !