२२ बैशाख २०८१, शनिबार

बेइजिङमा परराष्ट्रमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै


ज्ञवाली

३ वैशाख, काठमाण्डौ । पपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक भ्रमणका क्रममा चीनका उच्च राजनेतासँग पनि भेटवार्ता हुने बताएका छन् तर यस्तो भेटवार्ता राष्ट्रपति सी जिनपिङसँग हुने वा प्रधानमन्त्री ली खस्याङसँग हुने भन्ने तय भएको छैन ।

चिनिया समकक्षी वाङ यीको निमन्त्रणमा सोमबार राति बेइजिङ जान लागेका मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयमा अपरान्ह पत्रकार सम्मेलन गरी आफ्नो बेइजिङ बसाईका क्रममा उच्च राजनेतासँग भेटवार्ता हुने बताए । कोसँग भेट हुँदैछ भन्ने उनले खुलाएनन् । यस सम्बन्धी विस्तृत जानकारी तय हुनासाथ मन्त्रालयले उपलव्ध गराउने बताए ।

स्रोतका अनुसार परराष्ट्रमन्त्रीस्तरीय वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाउने गरि ज्ञवालीले चीनिया प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् । सो भेटका क्रममा नेपाल र चीनको उच्चस्तरीय भ्रमण आदान प्रदानको बारेमा कुराकानी हुनेछ । यसका साथै चीनसँग भएका यसअघिका सम्झौता कार्यन्वयनको बारेमा छलफल हुनेछ ।

उनको भ्रमणका क्रममा दुवै देशका उच्चस्तरीय भ्रमण गराउनेबारे छलफल हुने बताए । सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष हुने भन्दै यसबारेमा दुवैतिरबाट गृहकार्य भइरहेको जानकारी दिए । नेपालमा ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेपछि चीन र नेपालवीच हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !