२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त


गोविन्द परियार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले ७ महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।

२०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक भएर काम गरेका परियारले कांग्रेस सभापति हुँदा समेत देउवाको प्रेस संयोजकको रुपमा काम गर्दै आएका थिए । प्रधानमन्त्री भएपछि अनौपचारिक रुपमा देउवाको सचिवालयमा बसेर काम गरिरहेका परियार प्रेस सल्लाहकार नियुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !