२० बैशाख २०८१, बिहिबार

स्थानीय तह चुनावको मिति घोषणा गर्न एमालेको माग


नेकपा (एमाले)

काठमाडौं । नेकपा एमालेका तीन जिल्ला अध्यक्षहरूले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात् गर्दै यथाशक्य छिटो निर्वाचनको मिति घोषणा गर्न बैठकले माग गरेको हो ।

सोमबारको बैठकमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजा सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !