२२ बैशाख २०८१, शनिबार

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने बिडारीको घोषणा


रामनारायण विडारी फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका नेता रामनारायण बिडारीले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने स्पष्ट पारेका छन् । नेता बिडारीले सरकारले संविधाअनुसार निर्वाचन हुने पनि विश्वास दिलाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले भने, “अहिले दलको विकास गर्ने एजेण्डा छैन् । जनताको हित गर्ने एजेण्डा छैन् । कार्यकर्तालाई उफार्नको लागि एउटा न एउटा काम गर्ने काम भैरहेको छ, संविधान र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन बाझिएको छ ।”

“स्थानीय तहको निर्वाचनको सवालमा कार्यकाल सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्नुपर्छ भनेको छ ऐनमा । यो त बाझिएको हो । मनोनितको लागि समय लाग्ने कुराले ६ महिना भनेको होईन । नियुक्तीको काम त १५ दिनभित्र गर्नुपर्छ भनेको छ”, बिडारीले भने ।

संविधान र ऐन बाझिएको अवस्थामा सरकारले सच्याउने हो भन्दै त्यही भएर अहिले सरकारले छलफललाई तिव्रता दिएको बिडारीले सुनाए । उनले भने,“संविधान र ऐन बाझिएको अवस्थामा सरकार चुप लागेर बस्ने त होईन नि । संविधानसँग बाझिएका ऐन र कानून अमान्य हुन्छ भनेर संविधानमा नै भनिएको छ, त्यही भएर संशोधन गर्नुपर्छ । निर्वाचनदेखि भाग्ने आरोप पनि लगाईएको छ । एमालेले अरु पार्टीलाई अनि अरु पार्टीले एमालेलाई यस्तो आरोप लगाउँछ ।”

निर्वाचनको मिति सरकारले संविधानअनुसार घोषणा गर्ने पनि उनले सुनाए । उनले भने,“संविधानले प्रत्याभूति गरेको अधिकार ऐनले कटौती गर्न पाईन्छ ? निर्वाचन आयोगसँग परामर्श हुन्छ, नेपाल सरकारले निर्वाचनको मितिबारे निर्णय गर्छ । यो सरकारले र गठबन्धनले चुनाव गराउँदैन भनेर एमालेले आरोप लगाउनु गलत हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !