२४ बैशाख २०८१, सोमबार

शहीदहरुको एकीकृत अभिलेख बनाउन प्रधानमन्त्री देउवाको निर्देशन


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन निर्देशन दिएका छन् । शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको बताए। यस विषयमा ठोस कार्य अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

शहीदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने प्रधानमन्त्री देउवाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !