२२ बैशाख २०८१, शनिबार

पहिचान विना व्यक्ति, समाज र राष्ट्र जिवन्त रहन सक्दैन : कमल थापा


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष कमल थापाले पहिचान विना व्यक्ति, समाज र राष्ट्र जिवन्त रहन नसक्ने दावी गरेका छन् ।

थापाले पहिचान हजारौं बर्षको रितिथिती, परम्परा र आस्थाको आधारमा नेपालीको मौलिक पहिचान बनेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “संसारमा हामी नेपाली भनेर चिनिन्छौं ।यो पहिचान के हो? पहिचान विना व्यक्ति,समाज र राष्ट्र जिवन्त रहन सक्दैन।पहिचान एक दिनमा बन्ने होइन।हजारौं बर्षको रितिथिती,परम्परा र आस्थाको आधारमा नेपालीको मौलिक पहिचान बनेको छ।सनातन धर्म नेपाली पहिचानको जग हो।सनातन धर्मको रक्षा हाम्रो कर्तव्य हो। जसरी पश्चीमा मुलुकहरु आफ्नो समाज र राष्ट्र “ईसाई मुल्य र मान्यता” (Christian values) मा आधारित छ भन्नमा गौरव गर्छन,त्यसैगरी हामीले नेपाली समाज सनातन धर्ममा आधारित छ भन्नमा हिनतावोध गर्नु हुँदैन । गर्वले भनौँ हामी नेपाली हौँ, गर्व गरौँ सनातन धर्म हाम्रो पहिचानको आधार हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !