४ जेष्ठ २०८१, शुक्रबार

तीनै तहको चुनावमा पाँच दल मिल्ने अध्यक्ष नेपालको दावी


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने दावी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले नै चुनाव हुने अवस्था नरहेको बताए । नेपालले ०७९ चैतभित्र तीनै तहको चुनाव हुने बताए । चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको उनले बताए ।

अध्यक्ष नेपालले भने, “०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो। चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ। ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ । संविधानमा गाउँ/नगरका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ। उक्त कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने लेखेको छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !