२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील विषयमा मौन : रावल


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय हित,स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको आरोप लगाएका छन्।

नेता रावलले कसैले प्रधानमन्त्री देउवा घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो बोलेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “प्र.मं. देउवाको भाषण ध्यानपूर्वक पढियो।राष्ट्रिय हित,स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन! कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !