२२ बैशाख २०८१, शनिबार

२४ लाख खोप गायब भएको विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन ?


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशमा कोरोना विषाणुको संक्रमण फेरी बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गरेको बताएका छन् ।

नेता रावलले यस्तो गम्भीर विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन ? कानून, जिम्मेवारी र नैतिकता कहाँ हरायो ? भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “देशमा कोरोना विषाणुको संक्रमण फेरी बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गरेकाछन्।यस्तो गम्भीर विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन? कानून, जिम्मेवारी र नैतिकता कहाँ हरायो? शक्ति र सत्ताको स्रोत जनता भएको तथ्यप्रति आँखा चिम्ली विदेशी शक्तिलाई रिझाउन तँछाडमछाड गर्ने,देशको हित,स्वाधीनता र स्वाभिमानलाई निजी स्वार्थको वलिवेदीमा होम्ने कुकार्यका परिणामबाट पाठ सिक्न तयार नहुने नेताहरू नै समस्याका जड हुन्।राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने सद् बुद्धि पलाओस्!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !