४ जेष्ठ २०८१, शुक्रबार

वैशाखमा स्थानीय चुनाव गर्न गठबन्धन सहमत


सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ ।

बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।

सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको एक नेताले जानकारी दिए । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको एक नेताले जानकारी दिए।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !