२१ बैशाख २०८१, शुक्रबार

राजसंस्था पुनःस्थापनाका लागि पार्टी एकताबद्ध भएर अघि बढ्छ : अध्यक्ष लिङ्देन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने र सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहना रहेको समेत बताए ।

बुधबार केन्द्रीय कार्यसमितिका मनोनित सदस्यहरुलाई सपथ गराउँदै उनले यस्तो बताए। अध्यक्ष लिङ्देनले आफूहरुको मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन रहेको बताए । उनले सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन नसक्ने बताए ।

राप्रपाको विधान अनुसार १९९ जनाको कार्यसमिति हुनेछ । जसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तैगरी ५० जना अध्यक्षले मनोनीत गर्न पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !