२१ बैशाख २०८१, शुक्रबार

कसैको निजी स्वार्थ पूरा गर्नकै लागि ऐन संशोधन नहुने मन्त्री श्रेष्ठको दावी


शशि श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कसैको निजी स्वार्थ पूरा गर्नकै लागि ऐन संशोधन नहुने बताएकी छिन् ।

मन्त्री श्रेष्ठले कुनै ऐन संविधानसँग बाझिने खालको छ भनेर परिकल्पना गर्न नसकिने बताएकी हुन्।

मन्त्री श्रेष्ठले भनिन्, “मुलुक अध्यादेशबाट चलाउने स्थिति सिर्जना हुनुहुँदैन, सहकारीलाई मर्यादित र सुशासित रूपमा संचालन गराउन राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्छ ।”

उनले तीव्र आर्थिक वृद्धि हासिल गर्न, शोषणरहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले उत्पादन वृद्धि गर्दै मूल्य श्रृंखलामा सहकारीको योगदान हुने बताइन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !