२२ बैशाख २०८१, शनिबार

बतास ग्रुपको पक्षमा उत्रिए कमल थापा


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।

नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्ने विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला नेता थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ।भित्री रहस्य थाहा छैन।मैले चिनेको @RajBatas सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !