२० बैशाख २०८१, बिहिबार

एमाले रुपन्देही जिल्लाको अध्यक्षमा केसी निर्विरोध


एमाले

बुटवल । प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् ।

अध्यक्ष र सचिवबाहेकका पदमा एकल उम्मेदवारी परेको थियो । सचिवमा यज्ञ गैरे चयन भएका छन् । उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन् । अधिवेशनले १५१ सदस्यीय रुपन्देही जिल्ला कमिटी बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !