१९ बैशाख २०८१, बुधबार

एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत चयन


एमाले

तेह्रथुम । एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनबाट अध्यक्षमा कन्दङवा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तैगरी उपाध्यक्षमा सञ्जय तुम्बाहम्फे, सचिव शिव ढुङ्गाना, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !