१४ बैशाख २०८१, शुक्रबार

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित


नेकपा (एमाले)

सिमकोट । नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ ।

हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ । यस्तै उक्त बैठकले नेकपा (एमाले) मा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ ।

 

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु