१९ बैशाख २०८१, बुधबार

देउवाको मनोमानीविरुद्ध रणनीति बनाएर डटेर लाग्छौ : शेखर कोइराला


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको मनोमानी बढ्दै गएको बताएका छन् । आज काठमाडौँ अनामनगरस्थित बसेरा होटलमा आफ्नो समूहका नेता कार्यकर्तासँग समिक्षात्मक छलफलमा कोइरालाले यस्तो बताएका हुन् ।

देउवाले आफ्नो समूहलाई पेलेर अघि बढ्ने नीति लिएपछि कोइरालाले आफ्नो समूहका नेताहरुसंग छलफल गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहलाई पेलेर अघि बढ्ने नीति लिएपछि कोइरालाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका हुन् ।

सभापति देउवाले पार्टीको केन्द्रीय सदस्य मनोनीत गर्दा एकलौटी गरेको, राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टिकट वितरण गर्दा छलफल नगरी वितरण गरेको भन्दै कोइराला समूह आज रणनीति बनाउन भन्दै छलफलमा जुटेको हो । कोइरालाले सभापति देउवाले विधि, सिद्धान्त र नीतिलाई मिचेर अघि बढेकाले पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी पनि दिए ।

सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्ने शेखरको भनाइ छ । देउवाले आफू इतरका नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउन थालेको बताएका कोइरालाले त्यसविरुद्ध डटेर आवाज उठाउनुको विकल्प नरहेको बताए ।

पार्टीमा नियुक्ति पाएकाहरु सक्षम र योग्य भए पनि मापदण्ड नबनाइ नियुक्ति गरिनु गलत भएको उनको ठहर छ । सभापतिको कार्यशैलीले पार्टी दुर्घटनामा पर्ने उनको ठम्याइ छ । उक्त भेलामा कोइराला समूहबाट निर्वाचित तथा पराजित उम्मेदवारहरूसँगै अन्य नेता कार्यकर्ता सहभागी थिए ।

हिजो मंगलबार मात्र शीर्ष नेतासँग संवाद गरेका कोइरालाले आज समूहको विस्तारित बैठक गरेका हुन् । हिजोको शीर्ष तहका नेताहरूको बैठकले सभापति देउवाले एकलौटी ढंगले पार्टीको कामकारबाही अघि बढाएको निष्‍कर्ष निकालेको थियो ।

सभापति देउवाले केन्द्रीय सदस्य नियुक्ति गर्दा एकलौटी गरेको, राष्ट्रिय सभा सदस्यको टिकट वितरण गर्दा छलफल नगरेको भन्दै आपत्ति जनाएको हो । देउवाले आफ्नो अस्तित्व स्वीकार नगरेको निष्कर्ष निकालेको कोइराला समूहले आजको छलफलबाट महाधिवेशनको समीक्षा गरी सभापति देउवालाई पार्टीमा कसरी अप्ठ्यारो पारेर ठेगान लगाउने भनेर आफ्नो समूहको आगामी रणनीति बनाउन छलफल गरेका हुन् ।

यस्तो छ कोइरालाले समिक्षात्मक बैठकमा राखेको मन्तव्यको सम्पादित अंश :

यस्तो छ कोइरालाले समिक्षात्मक बैठकमा राखेको मन्तव्यको सम्पादित अंश :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !