१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् ।

समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उनले आज अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !