८ बैशाख २०८१, शनिबार

संसदको बैठक दोस्रोपटक किन गरियो अचानक स्थगित ?


संसद

काठमाडौँ । प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । भोलि पुस २२ गते बोलाइएको बैठक स्थगित भएको संसद्‌ सचिवालयले जनाएको छ । संसद्‌ सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै संसद्‌ बैठक पुस २८ गते १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन् ।

नेकपा एमालेको जिल्‍ला अधिवेशनका कारण प्रतिनिधि सभा बैठक सारिएको बताइएको छ । एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेपछि बैठक स्थगित गरिएको हो ।

पुस १८ बस्‍ने तय भएको बैठक पनि बस्दै नबसी पुस २२ गतेलाई सारिएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र) ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।

संघीय संसद्का दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर अवरोध गर्दै आएकोले संसद्ले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । यसअघि माओवादीको कारण र दोस्रो पटक एमालेको कारण संसद बैठक स्थगित गरिएको हो ।

यो पनि पढ्नुहोस्

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अचानक स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !