८ बैशाख २०८१, शनिबार

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अचानक स्थगित


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक अचानक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधिसभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधिसभा बैठक स्थगित भएको हो । आजको प्रतिनिधिसभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

सो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !