२२ बैशाख २०८१, शनिबार

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी


विजयकुमार गच्छदार

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोअनुसार पक्राउ पूर्जी जारी भएकाहरूमा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।

तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएको र उनीहरूलाई पक्राउ गर्न हामी लागिरहेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बतायो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !