१४ बैशाख २०८१, शुक्रबार

नारायणहिटी दरबार संग्राहालयसम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता छैन : योगेश भट्टराई


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । सचिव भट्टराईले त्यस सम्बन्धि कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन्।

साथै त्यस बारेका कुनै पनि निर्णय आफ्नो जानकारीमा समेत नरहेको उनले दावी गरेका छन्। ‘आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वत: स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।”, उनले भनेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वत: स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !