१९ बैशाख २०८१, बुधबार

देउवाले पेलेर अघि बढेपछि शेखरले बोलाएको आफ्नो समूहका नेताहरुको बैठक बस्दै


शेरबहादुर देउवा र डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सभापतिमा पराजित शेखर कोइरालाले आफू निकटका नेताहरूसँग आज छलफल गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहलाई पेलेर अघि बढ्ने नीति लिएपछि कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

हिजो मंगलबार मात्र शीर्ष नेतासँग संवाद गरेका कोइरालाले आज समूहको विस्तारित बैठक गर्न लागेका हुन् । हिजोको शीर्ष तहका नेताहरूको बैठकले सभापति देउवाले एकलौटी ढंगले पार्टीको कामकारबाही अघि बढाएको निष्‍कर्ष निकालेको थियो ।

सभापति देउवाले केन्द्रीय सदस्य नियुक्ति गर्दा एकलौटी गरेको, राष्ट्रिय सभा सदस्यको टिकट वितरण गर्दा छलफल नगरेको भन्दै आपत्ति जनाएको हो । देउवाले आफ्नो अस्तित्व स्वीकार नगरेको निष्कर्ष निकालेको कोइराला समूहले आजको छलफलबाट महाधिवेशनको समीक्षा गरी सभापति देउवालाई पार्टीमा कसरी अप्ठ्यारो पारेर ठेगान लगाउने भनेर आफ्नो समूहको आगामी रणनीति बनाउन लागेका हुन् ।

१४औँ महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका आफ्ना समूहका नेताहरूसँग कोइरालाले आज समीक्षात्मक छलफल गर्न लागेका हुन् । समूहको समीक्षात्मक छलफद्य दिउँसो २ बजे हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !