२४ बैशाख २०८१, सोमबार

कांग्रेस नेता रामचन्द्रलाई धम्क्याएको आरोपमा एसपी पाण्डे निलम्बित


हिराबहादुर पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र यादवलाई धम्क्याएको आरोपमा एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

सिरहा जिल्ला सभापतिसमेत रहेका यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई मंगलबार निलम्बन गरिएको स्रोतले बतायो ।

सभापति यादवले दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब दिएको सहयोग नगरेपछि आफूलाई एक वर्ष नपुग्दै सरुवा गरिएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका छन् । स्रोतका अनुसार एसपी पाण्डेको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !