१५ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


माओवादी महाधिवेशनको बन्दसत्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक जारी रहेको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा बैठक जारी रहेको हो ।

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहेका बेला बीचमा स्थायी समिति बैठक बसेको हो । माओवादी केन्द्रको महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पेश गरेको प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिंदैछन् ।

बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । माओवादी बन्दसत्रमा भएको समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण हिजो सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

प्रचण्डले पेस गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका थिए । आजको बन्दसत्र दिउँसो १ बजेबाट हुनेछ । निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोग र अनुसासन आयोगको प्रतिवेदन पारित भएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !