४ जेष्ठ २०८१, शुक्रबार

माओवादीको बन्दसत्रमा प्रचण्डले आफ्नो प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ आज दिँदै


प्रचण्डद्वारा बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पेश गरेको प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिंदैछन् । माओवादी बन्दसत्रमा भएको समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण हिजो सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

प्रचण्डले पेस गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका थिए । आजको बन्दसत्र दिउँसो १ बजेबाट हुनेछ । निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोग र अनुसासन आयोगको प्रतिवेदन पारित भएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।

अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफलका लागि २५ समूह बनाइएको थियो । बुधबार विभिन्न ११ समूहले आफ्नो धारणा राखेका थिए भने हिजो बाँकी रहेका १४ समूहले आफ्नो समूहको विचार प्रस्तुत गरेका थिए ।

केन्द्रीय प्रचार तथा प्रकाशन समितिका अनुसार शुक्रबार प्रतिवेदनमाथि उठेका विषयवस्तुमाथि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ । अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पास गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !